ABOUT US

About US 
Chisapani Public Welfare Society (CPWS) is an NGO registered with SWC, PAN and CDO Kathmandu and cooperates with the government national organizations to work towards significant positive change in people's lives, following their own needs and priorities especially for Chisapani Village Development Commette, Ramechhap.

It was established in 2055 BS by local people from Chisapani VDC, Ramechhap with the motive to help and serve the deprived communities in Chisapani in the sector of Education, Human Rights and Cultural Preservation.

चिसापानी जनकल्याण समाज, (रामेछाप) काठमाडौं (रजत वर्ष डायरी २०७६)
रामेछाप जिल्ला साविक चिसापानी गाविस हाल मन्थली नगरपालिका, वडा नं. ८ बाट अध्ययन तथा रोजगारीको सिलशिलामा काठमाडौंमा आई बसोबास गरिरहेका चिसापानीका युवाहरुको पहलमा वि.सं.२०५२ सालमा सहयोग, सामाजिक न्याय र सद्भाव भन्ने मुल नाराका साथ स्थापना गरिएको चिसापानी जनकल्याण समाजले बालवालिका, युवावर्ग, जेष्ठ नागरिक लगायत आर्थिक दृष्टिले पिछडिएका समुदायकोे हक, हित र अधिकार प्राप्तिको साथै परम्परागत कला र संस्कृतीको जगेर्ना गर्नेे उद्देश्यबाट अभिप्रेरित भई सामाजिक परिवर्तनको दिशामा जनसमुदायलाई सचेत एवं प्रोत्साहित गराउन क्रियासिल एक गैर राजनैतिक एवं मुनाफा रहित सामाजिक संस्था हो । यो संस्थाले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, विकास निर्माण र संस्कृतिको जगेर्ना गर्ने काममा निरन्तर क्रियासिल रहँदै आईरहेकोछ ।

परिकल्पना (Vision)
सामाजिक रुपान्तरण र न्यायिक समाज स्थापनार्थ लैंगिक तथा सामाजिक विभेद अन्त्य गर्दै स्थानीय कला, संस्कृति र पहिचानको जगेर्ना गर्ने । 

लक्ष्य (Mision)
सहयोग, सामाजिक न्याय र सद्भावका लागि सामाजिक विभेद अन्त्य गर्न सचेतना कार्यक्रम संञ्चालन साथै शिक्षा, स्वास्थ्य, विकास निर्माण, संस्कृतिको जगेर्ना गर्दै सवल र न्यायीक सामाज स्थापनार्र्थ क्रियासिल रहने । 

उद्देश्य (Goals)
१. सामाजिक परिवर्तनका लागि जनसमुदायमा सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
२. सामाजिक विभेद अन्त्य गरि न्यायिक समाजको स्थापना गर्न पहल गर्ने । 
३. बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकारको क्षेत्रमा कार्य गर्ने । 
४. युवावर्ग तथा आर्थिक दृष्टिले पिछडिएका समुदायलाई स्वावलम्बी बन्न उत्प्रेरित गराउने । 
५. शिक्षा, स्वास्थ्य, खेलकुद र विकासका पूर्वाधार निर्माणमा सहजिकरण गर्ने । 
४. स्थानीय परम्परागत कला–संस्कृतिको जगेर्ना गर्न पहल गर्ने । 

संस्थाको प्रमुख क्रियाकलापः
शिक्षाः
  • विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न सहयोग ।
  • जेहन्दार एवं अध्ययनशिल बिद्याथीलाई छात्रबृत्ति प्रदान ।
  • खेलकुद तथा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन ।
  • साहित्यिक कार्यक्रम सञ्चालन गर्न सहयोग ।
  • पुस्तकालयको ब्यवस्थापन तालिम सञ्चालन गर्न सहयोग एवं पुस्तकायलाई पुस्तक सहयोग ।
  • शैक्षिक सम्मान ।

स्वास्थ्यः
  • रक्तदान कार्यक्रम सञ्चालन ।
  • स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग ।
  • औषधी तथा स्वास्थ्य उपचार सहयोग । 
  • झूल बितरण ।

विकास–निर्माणः
  • भूकम्प प्रतिरोधात्मक ग्रामिण आवास निर्माण सहयोग ।
  • भूकम्प प्रतिरोधात्मक ग्रामिण आवास निर्माण सचेतना कार्यक्रम सञ्चालन ।
  • विकासका पूर्वाधारमा आधारित अन्तरक्रिया कार्यक्रम सञ्चालन ।
  • खानेपानी टंकी निर्माण गर्न सहयोग ।
  • स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको सहकार्यमा चौतारा निर्माण ।

कला–संस्कृतीः
  • जेष्ठ नागरिक अभिनन्दन तथा सम्मान ।
  • स्थानिय कला संस्कृतिको प्रचार प्रसार गर्न धार्मिक एवं सास्कृतिक महोत्सव आयोजना ।
  • स्थानिय कला संस्कृतिको संरक्षण र प्रर्वदन गर्न अग्रजसंग अन्तरक्रिया कार्यक्रम ।
  • विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।

प्रकाशन तथा बितरण:
  • चिसापानी दर्पण १, २ र ३ ।
  • धार्मिक एवं पर्यटकीय स्थल तथा स्थानीय विकास निर्माणलाई समेटेर भीत्ते पात्रो।