त्यस्तै, जनकल्याण समाजका अध्यक्ष श्री बैकुष्ठ श्रेष्ठले वार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो र आफ्नो २ वर्षको कार्यअवधिमा सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरु सुभचिन्तकहरु र कार्यसमितिका सदस्यहरुलाई धन्यवाद दिँदै कार्यसमितिलाई विगठन गर्नुभएको थियो ।
नयाँ नेतृत्व चयन गर्न श्री शम्भु कुमार श्रेष्ठको संयोजकत्वमा श्री प्रकास कुमार श्रेष्ठ, क्रृषी घिमिरे र झनक ढुड्डेलको निर्वाचन समिति गठन भएको थियो । उक्त निर्वाचन समितिले साधारण सभामा विभिन्न प्रस्तावहरु पेश गदै सबै प्रस्तावमा सर्व सम्मतिले पास गरेको थियो । यस विच बैठक निर्वाचन समितिले संञ्चालन गरको थियो । यसै क्रममा आर्थिक प्रदिवेदन कोषध्यक्ष श्री रविन्द्र श्रेष्ठले आ.व. २०६७÷०६८ सालको बार्षिक आर्थिक विवरण तथा प्रतिवेदन प्रेश गर्नुभएको थियो र संस्थाको आथिक अवस्थाबारे साधारण सभामा जानकारी दिनुभएको थियो ।
नयाँ कार्य समितिको चयन प्रस्तावमाको सिलसिलामा छलफल गर्दा आगामि २ वर्षको लागि निम्नानुसारको कार्यसमितिका पदाधिकारीहरु सर्वसम्मतिले निर्वाचित हुनुभएको छ ।
१५औ साधारण सभाबाट नव निर्वाचित कार्य समितिका पदाधिकारीहरु निम्नानुसार छन् ।
अध्यक्ष : श्री बैकुण्ठ श्रेष्ठ
उपाध्यक्ष : श्री भरत कुमार श्रेष्ठ
सचिव : श्री राजेन्द्र कुमार श्रेष्ठ
सह सचिव :श्री राम शरण श्रेष्ठ
कोषाध्यक्ष : श्री पवन कुमार श्रेष्ठ
सदस्यहरु :
-श्री शमिरसण ढुड्डेल
-श्री परशुराम उपाध्याय
-श्री प्रदिप कुमार श्रेष्ठ
-श्री राजकुमार श्रेष्ठ
निर्वाचीत कार्यसमितिलाई २०६८ भाद्र १० गतेको मिति देखि कार्यभार हस्तान्तरण निर्वाचन अधिकृतले गर्नुभको छ ।
त्यस्तै, सामुदायिक सुचना केन्द्रका सचिव श्री दिपक कुमार श्रेष्ठलाई स्थानिय शिक्षक लव कुमार श्रेष्ठले २०६८ हिलेजात्रा या कृष्ण अष्टमिको भोलीपल्ट संघातिक हमला गरेकोमा चिसापानी जनकल्याण समाजले त्यस्तो कार्यको घोर भत्सना गरेको छ र दोषी उपर कडा भन्दा कडा कार्वाहिको माग गरेको छ ।
करिव २ तिहाई सदस्यहरुको उपस्थितिमा भएको संञ्चालन भएको १४ औ कार्यसमितिको बैठक करिव ४ बजे सकिएको थियो ।
चिसापानी जनकल्याण समाज
काठमाडौं (रामेछाप) ।
नेपाल ।