CPWS BOARD MEMBERS 2076/77 AND 2077/78

CPWS Executive Board elected for Fiscal Year 2076-2077 and 2077-2078

25 YEARS OF ORGANIZATION -SILVER JUBILEE CELEBRATION

25 Years of Organization -Silver Jubilee Celebration of CPWS 2076

BUDHIKHORIYA COMMUNITY FOREST 1ST MEETING

Budhikhoriya Community Forest 1st Meeting at Chisapani

CPWS SILVER JUBILEE GROUP PHOTO 2076

CPWS Silver Jubilee Celebration Group Photo

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Thursday, March 19, 2020

Chisapani Darpan

Chisapani Darpan, Annual Report, News Letters, Success Stories

Wednesday, March 18, 2020

चिसापानी एक तर वर्ण अनेक - फरक फरक विशेषता -Social Diversity of Chisapani Village

स्रोत - चिसापानी दर्पण 

चिसापानी एक तर वर्ण अनेक - फरक फरक विशेषता :
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि लगभग ४ किलोमिटर पश्चिमोत्तर दिशामा अवस्थित चिसापानी गाउँ विकास समितिको पूर्वमा मन्थली र कठजोर (तामाकोशी नदी), उत्तरमा गेलु र चनखु (महादेव र बफर खोला), पश्चिममा पुरानागाउँ र दक्षिणमा भटौली गाविस (कर्कले खोला) स“ग जोडिएको छ । चिसापानी गाविसले रामेछाप जिल्लाका ५५ गाविसमध्येको १३६५.१७ हेक्टर क्षेत्रफल ओगटेको छ ।

चिसापानी गाविसलाई प्रकृतिले त सि“गारेको छ नै, त्यसमा झन् स्थानीय जात–जाति, भाषा–भाषी, रहनसहन र सांस्कृतिक परम्पराको विविधताले गर्दा जिल्लाका अरू गा.वि.स.भन्दा छुट्टै परिचय बनाएको पाइन्छ । यो गाविसमा निम्नानुसार जनजातिका मानिसहरूको बसोबास पाइन्छ । 
यो गाविसका विभिन्न जात–जाति, भाषा–भाषी, रहनसहन र संस्कृति हेर्दा लोभलाग्दो पाइन्छ । यस गाविसमा निम्नानुसार जातजातिका मानिसहरूको बसोबास रहेको छः 
१. ब्राहृमण २.  क्षेत्री  ३. नेवार  ४. मगर  ५. माझी  ६. सार्की  ७. सन्यासी  ८. कामी  ९. दमाई  १०. घर्ती, पहरी   ११. बादी आदि । यी जातजातिहरूको कतिपय फरक स्थानीय परम्परा र संस्कृति रहेको देखिन्छ । यसलाई सम्पूर्णतामा उतार्ने प्रयास गरिएको छः 

१. ब्राम्हण
यो जाति वैदिक परम्परामा आधारित र तागाधारीको रूपमा रहेको पाइन्छ । यिनीहरूलाई स्थानीय भाषामा बाहुन भनेर चिनिन्छ । यिनीहरू सम्पूर्णलाई जनाउँदा ब्राहृमण भनिए पनि विभिन्न थरमा रहेका पाइन्छन् । ढुंगेल, घिमिरे, सुवेदी, दाहाल, पाठक, त्रिपाठी, सिलवाल, कँडेल, (कुमाई) आदि थरमा विभाजित ब्राहृमणहरू विभिन्न वडामा छरिएर रहेका भए पनि वडा नं. २ मा ढुंगेलको बाहुल्यता पाइन्छ भने वडा नं. ७ मा घिमिरेको । यिनीहरूको परम्पराअनुसार चौको काटेको चुल्हामा रहेर धोती फेरेर खाना खाने, कर्म नचलाएका छोराछोरीले पकाएको नखाने, बासी नखाने आदि रहेको भए पनि धोती फेर्ने चलन युवापुस्ताले क्रमशः कम गर्दै लगेको पाइन्छ । छोरी चेलीलाई पहिलोपटक रजस्वला हुँदा एघार दिनसम्म दाजुभाइ, बाबु, काकाले अनुहार हेर्नु हुँदैन भन्ने परम्परा यिनीहरूमा अद्यावधिक पाइन्छ ।

यस्तो समयमा आफ्ना चेलीबेटीलाई नजिकैको पायक पर्ने पानी चल्ने जातिको घरमा लगेर राख्ने चलन छ । एघार दिनको नुहाइधुवाइपछि उनीहरूलाई घरमा आउन अनुमति दिइन्छ । ब्राहृमण जातिमा रजस्वला नभएकी छोरी विवाह गरिदिने पुरानो चलन भए पनि शैक्षिक विकास अर्थात् गाउँको विद्यालयमा पढ्न पठाउन थालेका कारण हाल उमेर पुगेपछि नै विवाह हुने प्रचलन छ । यहाँ ढुंगेल, घिमिरे, दाहाल, पण्डित कर्मकाण्डमा पनि पोख्त छन् । उनीहरू छिमेकी गाविस पुरानोगाउँ, चनखु, गेलु आदि ठाउँमा आफ्नो पेशामाध्यमले बाँधिन सफल भए तापनि युवापुस्तामा यो पेशाप्रति झुकाव पाइन्न । यसको मूल कारण आधुनिक शिक्षाको प्रभाव हो ।

(क) न्वारन/पास्नी
सामान्यतः यहाँका मानिसहरू परम्परामा आधारित रही एघार दिनमा नवजात शिशुको न्वारन अर्को गोत्रको कर्मकाण्डी बाहुनद्वारा गराउँछन् । तर, समाजमा देवकार्य, पितृकार्य आदि रोकिएको छ भने सात दिनमा वा अत्यन्त आवश्यक परेमा तीन दिनमा पनि अप्ठ्यारो फुकाउने चलन छ । तापनि, यो आंशिकरूपमा मात्र प्रयोगमा ल्याइन्छ । अन्यथा, परम्पराअनुसार चलाइन्छ । न्वारन जति दिनमा गरे पनि सुत्केरीलाई २१ दिन पानी बार्न लगाइन्छ र २२ दिनमा पानी फुकाइन्छ । यो परम्परामा आधारित चलन हो । न्वारन नगरिएको बालकलाई घाममा तेल लगाई आमालाई ज्वानो, मासु, घ्यूलगायतका तागतिला खाद्यवस्तु दिने पुरानो चलन पाइन्छ । तर, हाल यसलाई पूर्णता दिन सकेको देखिँदैन । सुत्केरी भएको समयमा नाल बेडाउँदा बाँसको कप्टेरो वा हँसिया आदिले काट्ने चलन भए पनि हाल सुत्केरी–सामग्रीको प्रयोग गरिन थालेको छ । सुत्केरीलाई अगेनाको छेउमा राख्ने चलन भए पनि हिजोआज सुत्केरी राखेको ठाउँमा आगो बाल्ने चलन छ । 

पास्नीलाई अन्नप्रासन भनिन्छ । पास्नी गर्दा छोरीको ५ वा ७ महिनामा गरिन्छ भने छोराको ६ वा ८ महिनामा गरिन्छ । यो परम्परादेखि चलिअएको भए तापनि ऐच्छिक रूपमा स्वीकारिएको छ । यो कार्यमा कर्मकाण्डी बाहुनद्वारा होम, जप पनि गराइन्छ ।

(ख) व्रतबन्ध (कर्म चलाउने) 
पुरानो चलनअनुसार ८ वर्षमा व्रतबन्ध गरेर जनै लगाउने बाहुनका छोराहरू अहिले यो नियमलाई आंशिकरूपमा मान्छन् । व्रतबन्ध प्रायः श्रीपञ्चमी पारेर गर्ने चलन भए तापनि अहिले आर्थिक कठिनाइको मारमा परेर सामूहिकरूपमा ओल्लो÷पल्लो घर वा दाजुभाइको एकै स्थानमा व्रतबन्ध गर्ने चलन छ । व्रतबन्धमा आफ्ना गुरु, पण्डित वा बाबुबाट गायत्री मन्त्र सुन्ने चलन हालसम्म कायम छ । व्रतबन्ध गरेपछि बिहान गायत्री अर्थात् सन्जे जप्नुअगाडि नुहाइधुवाइ गर्ने पुरानो चलन भए तापनि युवापुस्ताले यस परम्परालाई पूर्णरूपमा निरन्तरता दिन सकेको पाइन्न ।

(ग) विवाह 
सामान्य परम्पराअनुसार छोरोको उमेर १५–१६ वर्ष पुगेपछि र छारीको उमेर १२–१३ वर्ष पुगेपछि विवाह गर्ने चलन भए तापनि शिक्षा र सामाजिक चेतनाको विकासले गर्दा हाल छोराको विवाह २५–३० वर्षमा र छोरीको विवाह २०–२२ वर्षमा गर्ने गरेको पाइन्छ भने ३५–४० वर्षसम्ममा विवाह गर्नेको संख्या पनि केही मात्रामा पाउन सकिन्छ । आजीवन विवाहबन्धनमा बाँधिन नचाहनेको संख्या पनि न्यून मात्रामा पाइन्छ । साटासाट परम्पराको विवाह अहिले छोरीको संख्या बढेका कारण बाहुनको सतमा बसेका अर्को थरको बाहुनलाई दिने परम्परा कायमै छ । अन्य जातिसँग विवाह टोकरपुर, सिन्धुपाल्चोकतिर हुने गरेको भए तापनि अहिले स्थानीय बाहुनसँग नै लिने दिने चलेको छ ।

वरियाती विवाहमा पुरानो चलनअनुसार श्लोक हाल्ने, खाँडो जगाउने, डोली बोक्ने, कल्सौली बोक्ने र रात राख्ने परम्परा भए तापनि अहिले थोरै मानिस र पञ्चैबाजाबिना नै बेहुलीको घरमा जाने र दिउँसो विवाह गर्ने, मन्दिरमा सिन्दुर हाल्न लगाई घर पठाइदिने चलन बढेको पाइन्छ । विवाहमा केटा–केटीका अभिभावकको बोलवाला हुन्छ । परम्परागत चलनअनुसार विवाहमा जन्त आएका मानिसलाई बेहुलीभत्तेर बेलुका र जन्ते–बाख्रो बिहान खुवाउने चलन भए पनि हाल दिउँसोको विवाहमा पुलाउ, दही, च्युरालगायतका हल्का खानाको व्यवस्था गर्ने चलन भित्रिएको पाइन्छ । 
विवाहमा सकेको दाइजो दिने चलन परम्परादेखि हालसम्म कायमै रहेको छ । तर, यो प्रथाको आंशिकरूपमा विरोधको आवाज उठेको पाइन्छ ।

विवाहपश्चात् घरायसी व्यवहारमा रम्ने चलन रहे तापनि ब्राहृमण युवा जागिरका लागि नेपालका प्रशासनिक, सैनिक र प्रहरीमा समेत रहेका पाइन्छन् । यस गाविसका युवा शिक्षण पेशामा अधिक पाइन्छन् । विवाह भएका छोरालाई घरबार सुम्पिएर बूढा ब्राहृमण केही पर गएर आश्रम बनाई बस्ने पुरानो चलन रहेकोमा हाल यो परम्परा लोप भएको पाइन्छ । आश्रम बनाई, घरपरिवार त्यागी जोगी बेनेको समयमा कसैले आÇनी पत्नी पनि साथमा लगेर सन्तान जन्मिएको खण्डमा त्यस्ता सन्तानको जात “सन्यासी” कायम गर्ने गरेको पाइन्छ ।

(घ) मृत्यु संस्कार 
यस गाविसका ब्राहृमण परिवारमा कर्म चलेको र कर्म नचलेको मानिसको मृत्युमा फरक–फरक संस्कार पाइन्छ । कर्म नचलेको बालकको मृत्यु भएमा जुठो ३ दिन वा स्थानीय नियमअनुसार बार्छन् । अनि, घरमा रुद्री गरेर चोखिने चलन छ । तर, कर्म चलेको मानिसको त्यसरी नचलाई १२ दिनसम्म जुठो बारेर एक वर्षपश्चात् चोखिने परम्परा छ । मृतकका छोरा र श्रीमतीले प्रत्येक महिना मासिक श्राद्ध गरेर वर्षदिनमा चोखिने परम्परादेखि चलिआएको चलन कायमै छ । काजक्रिया बस्दा काँचो धागोले छेकेर एउटा ढिकुर (ओडारजस्तो) बनाइन्छ । अनि त्यसमा मृतकका छोरालाई क्रियापुत्री राखिन्छ । छोरा नभए अन्य व्यक्ति खोजी उसलाई क्रियापुत्री राखिन्छ । मृतककी श्रीमती भए छुट्टै राखिन्छ । क्रियापुत्रीलाई नजिकको पँधेरामा लगेर मृतकको नाममा ढिकुरो उठाउन लगाई दैनिक कर्मकाण्डद्वारा पूजा गर्न लगाइन्छ र एक छाक भात, घ्यू, मरिच, अदुवासहित खान दिइन्छ । तर, नुन खाने चलन छैन । तथापि, प्राकृतिक नुनको प्रयोगमा बन्देज मानिँदैन । १० दिनमा ढिकुरो फुटाइन्छ र ११ औ“ दिनको दिन आफ्नाे गच्छेअनुसार शथ्यादान गरिन्छ । यो दान कर्मकाण्डी पुरोहित बाहुनले लिने चलन परम्परादेखि रहेको छ । तर, त्यस दिन ब्राहृमणले यो एघारौ“को दान अस्वीकार गर्ने गरेको पाइए पनि चलन अद्यावधि कायमै छ ।

१२ औ“ दिन गाउँघर, छरछिमेकका सम्पूर्ण दाजुभाइ आई कार्यसिद्धि गराई क्रियापुत्रीलाई कपडा दिने चलन छ । जुठो परेका मानिसले आफ्ना माता–पिता, श्रीमान्को नाममा एक वर्षसम्म सेतो लुगा पहिरिने चलन छ । तापनि, यसलाई हाल स्वेच्छिक बनाएर समाजमा लिइएको पाइन्छ ।

२. क्षेत्री/खत्री
यो जातिका मानिसहरू गाउँ विकास समितिको १, २, ३, ४, ७ आदि वडामा छरिएर रहेका पाइन्छन् । परापूर्वकालदेखि ‘बहादुर’ कहलिँदै आएका क्षेत्रीहरू नेपालको शाही सेना तथा प्रहरी सेवामा सेवारत पाइन्छन् । ब्राहृमणले आफूभन्दा तल्लो भनिने जातकी महिलालाई स्वास्नी तुल्याई जन्मेका सन्तानलाई गाउँको चलनअनुसार खत्री, जैसी भनिन्छ ।

(क) न्वारन 
सुत्केरी हुँदा बाहिर ढिकेटो, पाली गोठमा राख्ने पुरानो परम्परा भए पनि सुरक्षा दिन नसकिने, आगो बालेर ताप्नुपर्ने र बेला–बेलामा खाना बनाउनु र खुवाउनुपर्ने भएकाले हाल यस्तो अवस्थामा रहेका श्रीमती,बुहारीलाई घरको एक कुनामा राखेर आगो बाली सुरक्षा पु्र्याउन थालिएको छ । 

बच्चा जन्मिएको ११ औ “दिनमा कर्मकाण्डी बाहुनलाई पुरोहित लगाएर यिनीहरू आफ्नाे बच्चाको न्वारन गराउँछन् । ब्राहृमणले पनि जन्मेको समय हेरेर योग, नक्षत्र आदि मिलाई नाम राख्छन् । पहिला बालक जम्मिएको ६ दिनको राति भावीले बच्चाको भाग्य लेख्न आउँछ भनेर ढोका खुला राखिने चलन रहेकोमा हाल छैटी मनाउने र केही देवीदेवताको पूजा गरी दियो बाल्ने गरिन्छ । गाउँको सांस्कृतिक र परम्परागत अवस्थालाई ध्यानमा राखेर हाल ३ दिन, ५ दिन र ७ दिन आदिमा पनि न्वारन गरिन्छ ।

(ख) कर्म चलाउने
आठ वर्षमा व्रतबन्ध गर्ने परम्परा रहे पनि अहिले यस परम्परालाई ऐच्छिक रूपमा स्वीकारिन्छ । आर्थिक दुरावस्था, समयाभाव आदिका कारण विवाहको अघिल्लो दिन वा सोही दिन पनि व्रतबन्ध गराएर बेहुलो सिँगार्ने चलन पनि चल्न थालेको पाइन्छ । व्रतबन्ध गर्नुअगाडि र विवाहमा बेहुलो सि“गार्नुअगाडि बुकुवा दल्ने चलन छ ।

(ग) विवाह 
आठ वर्षमा कर्म चलेका क्षेत्री जातिका मानिसहरू १२ देखि २५–३० वर्षसम्ममा विवाह गर्दछन् । प्रायः १४–१५ वर्षमा विवाह गर्ने परम्परा अद्यावधि लागू छ । छोरीलाई रजस्वला हुनुपूर्व विवाह गर्ने परम्परा यस जातिमा पनि पाइन्छ । तर, हिजोआज २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने मानसिकता विकास भएको पाइन्छ ।

यस जातिका खेतीवाल, पुँजीपतिहरूले सातवटीसम्म श्रीमती जम्मा गरेको देखिए पनि हाल बहुविवाह गर्ने चलन कम पाइन्छ । पुरानो समयमा उखानै थियो– मर्दका सातवटी स्वास्नी हुन्छन् । यिनीहरूमा अर्काकी श्रीमती भित्याउने, जारी तिर्ने, जात्रामा समाई ल्याउने, घाँस–पात, मेला–पर्वबाट समेत फकाएर ल्याउने पुरानो चलन भए पनि हाल यो परम्परा क्रमशः कम हुँदै गएको छ । विवाहमा रात राखेर पञ्चैबाजा, वरियात आउने चलन कम हुँदै मन्दिर र दिउँसो विवाहमा आधुनिकीकरण हुँदै आएको पाइन्छ । बाहुनको परम्परा यिनीहरूको पनि साझा परम्परा भएको पाइन्छ ।

(घ) मृत्यु संस्कार
 यस गाविसमा ब्राहृमण र क्षेत्री–खत्रीको मृत्यु संस्कार एकै खालको पाइन्छ ।

३. नेवारः
‘नेपाल” भन्ने शब्द ‘नेवार’ शब्दबाट विकसित भएको तथ्य हाम्रो देशका इतिहासविदहरूले उल्लेख गरेको पाइन्छ । नेवारी भाषाकोशमा ‘पा’ को सट्टा ‘वा’ र ‘ल’ को सट्टा ‘र’ प्रयोग गरिन्छ । नेवारहरूलाई काठमाडौं उपत्यकाको आदिवासीको रूपमा लिइए पनि यो जात वा नेवारी भाषिक समूह देशका विभिन्न स्थानमा छरिएको पाइन्छ । रामेछाप जिल्लाभरि नै नेवारहरूको उल्लेखनीय वस्ती भएको ठाउँ हो । 

चिसापानी गाउँका नेवारहरू अधिकांशले आफ्नाे नामको पछाडि ‘श्रेष्ठ’ र ‘कर्माचार्य’ लेखी आफूलाई नेवार भएको परिचय गराउँछन् । स्थानीय भाषामा धा“यजु, कमिन्चा, बावः, मगचा, नालामी, बनेपाली, पाटने, बासु, फोसी आदि विशेषणले सम्बोधन गर्ने नेवारहरू सम्पूर्णले ‘श्रेष्ठ’ थर लेख्छन् भने अचाजुहरूले कर्माचार्य लेख्छन् । समुदायमा बस्न रुचाउने यस गाविसका नेवारहरूको मुख्य वस्ती वाड नं. ५ र ६ मा छ भने अन्य वडाहरू ३ र ४ मा पनि बहुसंख्यक छन् । उनीहरूको मुख्य पेशा कृषि भए तापनि हाल आएर व्यापार र अन्य रोजगारीमा सक्रिय र उल्लेखनीय सहभागिता पाइन्छ । यस गाउँका हरेक कार्यक्रममा नेवारहरूको निर्णायक भूमिका रहन्छ । नेवारी परम्पराअनुसार भजन गाउने, डबलीमा नाटक प्रदर्शन गर्ने, लाखे नाच देखाउने आदि चलन अहिलेसम्म पनि जोगाइराख्न यस गाउँका नेवारहरू सफल भएका छन् । कार्तिके भजन, माघे भजन यस गाउँका नेवारहरूको मुख्य भजन हो ।

यस गाउ“का नेवारहरू तल्लो टोल र माथिल्लो टोलमा विभाजित भई आ–आफ्नाे टोलमा भजन गाउँछन् । 
चिसापानीका सबै नेवारहरू आफ्नाै मातृभाषा नेवारी बोल्छन् भने खस (नेपाली) भाषा बोल्न पनि उत्तिकै सक्षम छन् । उनीहरू सबै हिन्दु धर्मावलम्बी भएकाले हिन्दु धर्मअनुसारको काजक्रिया, पूजाआजा गर्छन् । विवाह, व्रतबन्ध वा अन्य जुनसुकै समारोह होस्, यहा“का नेवारहरू भोजको आयोजना गर्छन् । भोजमा नेवारी परिकार तयार पारिएको हुन्छ र केराको पातलाई थालको रूपमा प्रयोग गरिन्छ ।

(क) न्वारनः 
चिसापानीको नेवारी समाजमा छोराछोरीको जन्मपछि सामान्यतया ३ दिनको दिन न्वारन गरिन्छ । ३ दिनको दिन न्वारन नगरे त्यसपछि ५, ७ वा ९ औ“ दिनमा न्वारन गर्दछन् । तर, आपतकालीन अवस्थामा बच्चा जन्मेको दिन तुरुन्तै पनि न्वारन गर्ने चलन रहेको छ । यसरी न्वारन जति दिनमा गरे पनि १२ औं दिनपछि मात्र पूजा–आजाका लागि सूतक चोखिन्छ । पहिलो सन्तान छोरा वा छोरी जे भए पनि १२ औं दिन सूर्यपूजा गर्ने चलन पनि छ ।

(ख) पास्नीः
पास्नी अर्थात् अन्नप्रासन (भातखुवाइ) छोराको ६ महिना र छोरीको ५ महिनामा गराइन्छ । पास्नी गर्ने चलन परम्परादेखि चलिआएको भए तापनि ऐच्छिक रूपमा स्वीकारिएको छ । बच्चालाई न्वारनको दिन आमाले आफ्नो जूठो भात खुवाएमा र समय मिलेको अवस्थामा दशैंको महाष्टमीको भोज बच्चालाई खान दिएको अवस्थामा पास्नी गर्नुपर्दैन भन्ने मान्यता पनि रहेको पाइन्छ ।

(ग) व्रतबन्धः 
छोराहरूको व्रतबन्ध समय र परिस्थितिअनुसार ३ वर्षपछि बिजोर वर्ष पारेर गरिन्छ । व्रतबन्धमा मामाले कपाल काट्ने र फुपू वा दिदीले कपाल भुइमा पर्न नदिईकन थाली वा टपरीमा थाप्ने काम गर्दछन् । मामाले कपाल काटेपछि भान्जालाई टोपी लगाइदिने चलन छ । यस कार्यलाई समग्रमा व्रतबन्ध भन्ने गरिन्छ । त्यसपछि कुलको सबैभन्दा जेठो (नायो) ले कैटा (लगौंटी) बा“धिदिन्छन् र सगुण दिने काम हुन्छ ।

(घ) बेल विवाह र गुफा राख्नेः 
छोरीहरू यौवन अवस्थामा प्रवेश गर्नुभन्दा पहिला (१३ वर्षअगावै) बेलविवाह (इंही यायेगुः) र गुफा राख्ने चलन छ । बेलविवाह र गुफा बिजोर वर्षमा राख्ने चलन भए तापनि ८-१२ वर्षबाहेक अन्य जोर वर्षमा परिस्थिति मिलेमा काम सम्पन्न गर्ने चलन पनि पाइन्छ । नेवारी परम्परामा छोरीको बेलसँग विवाह गरिने हुनाले श्रीमान् मरे पनि विधवा हुँदैन भन्ने मान्यता रहेको पाइन्छ ।

बेलसँग विवाह ब्राम्हण चलनअनुसार गर्ने गरेको पाइन्छ । गुफा राख्दा घाम नदेखिने अँध्यारो कोठामा राखिन्छ । गुफा राखेको अवधिमा पुरुषलाई हेर्नु हुँदैन । गुफा राखेको १२ औं दिन गुफाबाट निकालिन्छ । त्यस अवसरमा सूर्यको दर्शन र पूजा गराउने चलन छ । 

(ङ) मृत्यु संस्कारः 
चिसापानीको नेवारी समाजमा नेवारी कर्मकाण्डका पुरेत (गुभाजुः) नभएकाले काजक्रिया र कर्मकाण्ड खस जातिका पुरेतहरूद्वारा गराउनुपर्ने हुनाले काजक्रियामा शुद्ध नेवारीपन पाइँदैन । मृत्युपश्चात् गरिने काजक्रियामा १२ दिनसम्म आशोच बार्ने चलन छ ।

मृतककी छोरी पाँचौ“ दिनमा आशोचबाट शुद्ध हुन्छे र छैटौ“ दिन बेलुकी छैटौ“को विधि लिने, सातौ“ दिन छोरीहरूले मृतकको आत्मा शान्तिका लागि न्हेन्मा (सात दिनको भात) चढाउ“छन् भने ९ औं दिन सबै दाजुभाइले लुगा धुने अनि १० औ“ दिन सबै जम्मा भएर नुहाइधुवाइ गरी गहुँत खाई चोख्याउने चलन छ । ११ औ“ंदिनमा ११ औ“को काम गरेर बेलुकी मृतकको नाममा बत्ती लाने र १२ औं दिनमा चोखिने काम हुन्छ । तर, १२ औ“ दिन सोमबार वा बुधबार परेमा १३ औ“ दिनमा काम सक्ने चलन छ ।

यो गाउँमा मृत्युपश्चात् दाहसंस्कारका लागि दुईवटा गुठी (मरु गुठी) प्राचीनकालदेखि नै सञ्चालित छन् । तल्लो टोल र माथिल्लो टोलका दुईवटा गुठीमा करिव २८० घरधुरी आबद्ध छन् । त्यस गुठीका सम्पूर्ण सदस्यहरूले आफ्नाे समूहको गुठियारको घरमा मृत्यु भएका मृतकको दाहसंस्कारका लागि सहयोग गर्छन् ।

४. सन्यासी, घर्ती, पहरीः
चिसापानी गाविसको २, ४, ७, ९ आदि वाडामा यिनीहरू छरिएर बसेका पाइन्छन् । सन्यासीको परम्परा मागेर खाने भए पनि हाल खेतीपाती, जागिर, व्यापार आदि गरेर जीवन निर्वाह गर्दै आएका छन् । यहाँका सन्यासी फेरी लगाउने, माग्ने कार्य गर्दैनन्, खेती गर्छन् । घर्ती÷पहरी पनि पहिला दास बनेर रहेका भए पनि दासप्रथाको अन्त्य भएपछि यिनीहरू स्वतन्त्ररूपमा खेतीपाती, काठ–ढुंगाको काम गर्ने, लाहुरे बन्ने आदि काम गरेर आफ्नाे जीवन निर्वाह गर्दै आएका पाइन्छ ।

यिनीहरूको आफ्नाे खास परम्परा नभएका कारण नजिकको बहुमत समुदायको देखासिकी गरेर नै संस्कार चलाई आएका छन् । यी जातिहरूको विवाह र मृत्यु संस्कार पनि क्षेत्री, बाहुनबाट प्रभावित छ । विवाहमा डोली बोक्ने पुरानो पुख्र्यौली पेशा भए पनि अहिले क्रमशः छोड्दै गएका छन् । शिक्षाको विकासले यिनीहरू पढाइ–लेखाइमा पनि लागेका छन् ।

५. सार्की र कामीः
यस गाविसका २, ३, ४, ७ आदि वडामा सार्की र कामी छरिएर बसेका छन् । सार्कीको पुख्र्यौली पेशा छालाका जुत्ता सिउने, मरेका गाईगोरू आदि चौपायाहरू उपभोग गर्ने परम्परा रहे पनि हाल यिनीहरूको युवा पुस्ता खेती गर्छन् र कोही भारत र देशकै प्रमुख सहरहरूमा ज्याला मजदुरी गरेर केही सुध्रिएको पाइन्छ ।
यस गाविसका विभिन्न वडामा भुग्राती, आछामी, रम्तेल, रोकाया, बसेल, ब्रहृमशाखा थर गरेका सार्कीहरूको बसोबास पाइन्छ । ६० घरधुरी भएका  सार्की चिसापानीको कुल जनसंख्यामा ९ प्रतिशत रहेका छन् । सार्कीहरूको परम्पराअनुसार छोरा जन्मिएमा सात दिनमा र छोरी जन्मिएमा पाँच दिनमा न्वारन गर्ने चलन छ ।

सार्कीहरू आफ्नो छोरालाई कर्म चलाउने क्रममा सातदेखि नौ वर्षका बीचमा लगौंटी दिएर चलाइने गरेको पाइन्छ । त्यपपछि छोराको विवाहमा छोरी पक्षलाई रीत दिने चलन पनि अद्यावधि छँदैछ । रीतको नियमभित्र एक मुरी चामल, १० पाथी जाँड बनाउने अन्न (मकै, कोदो आदि) अनि ११ रूपियाँ नगद र पा“चवटा कुखुरा दिनुपर्ने चलन छ ।

चिसापानीमा बसोबास गर्ने सार्कीहरूलाई समग्रमा ‘सार्की’ थरले सम्बोधन गरिन्छ । ‘सार्की’ सम्बोधन गरिएकोमा ज्ञानबहादुर सार्की ‘माथिल्लो जातिका कलम चलाउनेले हाम्रो थर हराइदिए, हामी मुग्राती हौ“’ भनी गुनासो गर्छन् । रीत खाने चलनको सन्दर्भमा चौहानटारका पुन्नरे सार्की र सल्लेरीका ज्ञानबहादुर सार्कीले आफूले रीत नखाई उदाहरण बनेको र नयाँ चलन बसालेका छन् ।

तर, कसै–कसैले हालसम्म पनि आफ्नो परम्परा छाडेका छैनन् । यिनीहरूमा कर्म चलेको मानिसको मृत्यु भएमा १० दिनमा क्रिया सकिन्छ । तर, सकिने दिन सोमबार वा बुधबार परेमा ९ दिनको दिन सम्पूर्ण काम सक्ने गर्दछन् । अरूको क्रिया बस्नुपर्दा मृत्यु भएको ७ दिनदेखि बसेर १० दिनमा सकिन्छ । यिनीहरूको पुरेत ज्वाइ“ वा भान्जा हुने गर्दछन् ।
यस गाविसको वडा नं. २, ७ आदिमा कामीहरूको नगन्य वस्ती पाइन्छ । यिनीहरू आफ्नो पुर्खौली पेशा फलाम, आल्मुनियम आदिका भाँडा बनाउने काम गर्दैनन् । यस गाउँका कामीहरू आफूलाई ‘सुनार’ भनेर चिनाउन चाहन्छन् । पुरानो प्रचलनमा ‘विश्वकर्मा’ जातिले परिचित यो जातिका मानिसहरू अहिले सुनको काम, खेतीपाती आदि व्यवसाय गरेर जीवनयापन गर्दछन् ।

यिनीहरूको र सार्कीको परापूर्वकालमा विवाह चल्दथ्यो । तर, दशैंमा साँप्रो विवाद परेका कारण विवाह रोकिए पनि अरू चलनमा सामीप्यता पाइन्छ । सार्की र कामी समान जातीय वर्गमा रहे तापनि एक–आपसमा ढिंडो र दाल नचल्ने कुरा कृष्णबहादुर सुनेल बताउँछन् ।

६. दमाई 
यस गाविसको वडा नं. १, ३ र ५ मा छरिएर रहेका दमाई लगभग १५ घरमा सीमित छन् । समग्रमा ‘दमाई’ भनेर चिनिए पनि यिनीहरू भुषाल र सुन्दास गरेर दुई थरका छन् । यिनीहरूको परम्पराअनुसार छोराछोरी जन्मिएको  ७ दिनमा न्वारन गर्दछन् । सुत्केरीलाई ११ दिनपछि पानी छुवाउने प्रचलन कायम छ । छोराछोरी जन्मिएको ६ महिनामा भातख्वाइ गर्ने दमाईहरू ५ वर्षमा छेवर गर्दछन् । छेवर गर्दा मामाले कपाल थाप्नुपर्ने परम्परा छ ।

यिनीहरूको कर्म चलाउने छुट्टै नियम केही नभएकोले विवाहमा रीत खाने पुरानो चलन अझै पूर्णरूपमा हटिसकेको छैन । यिनीहरूको रीतमा १० पाथी चामल, एउटा सुंगुर, दुईवटा कुखुरा र ८ देखि १० पाथीसम्म रक्सी केटीपक्षले केटापक्षबाट लिने गरिन्छ । तर, अचेल यो इच्छाधीन हुन थालेको छ । हिजोआज यिनीहरूको विवाहमा अठोट लगाउँदा रक्सी एक पुङ्क र अठोटको कागज दिइन्छ । यही कागजको नियममा रहेर विवाह सम्पन्न गरिन्छ ।

यिनीहरूमा बूढापाकाको मृत्यु भएमा क्रमशः १० दिनमा काम सक्ने परम्परा छ । यदि बार परेन भने अर्थात् सोमबार वा बुधबार परेमा ९ दिनमा नै सक्ने चलन छ । दमाईको काजक्रियामा पुरेतको आवश्यता पर्दैन । तर, विवाहमा भने पुरेत चाहिन्छ ।

७. मगर
यस गाविसको वडा नं. १ मा मगरको बाहुल्य छ । यहाँ आले, सारू, पुलामी, किंग्रिङ, बुढामगर बसोबास गर्दछन् । ४१ घरमा बाँडिएर रहेका मगरहरू चिसापानीको कुल जनसंख्याको ६ प्रतिशत छन् ।
यिनीहरू आफ्ना छोराछोरी जन्मिएको ७ दिनमा न्वारन गर्दछन् । छोरीको ५ महिनामा भातख्वाइ गर्दछन् र छोराको चाहिँ ६ महिनामा । विवाह बाहुनको परम्पराअनुसार हुने भए पनि यिनीहरूको पनि विवाहको अठोटको समयमा रक्सी, सेल आदि केटापक्षबाट ल्याउने र खानेपिउने परम्परा छ । पुरानो चलनमा रीत खाने भए पनि हाल त्यो चलन प्रयोगमा पाइन्न । पोइला जाने, घिस्याउने आदि कार्य गरेर पनि स्वास्नी तुल्याउने चलन यिनीहरूमा पाइन्छ ।
यिनीहरूको मृत्युमा लगातार १० दिनमा काम सक्ने परम्परा छ । यदि बार परेन भने यिनीहरू पनि ९ दिनमा नै काम सक्छन् । यिनीहरूको काजक्रियामा बाहुन चाहिन्न । तर, भोलिपल्ट रुद्री लगाएपछि चोखिन्छन् र काजक्रियाको वार्षिक बोझबाट मुक्त हुन्छन् । यिनीहरूको मृत्यु हुँदा ज्वाइँचेलालाई डालो बोक्न लगाइन्छ । पुरानो परम्पराअनुसार ज्वाइँ नभए साइनो मिल्नेले बोक्ने चलन पनि रहेको छ ।

८. माझी 
चिसापानी गाविसको ८ र ९ वडामा माझीहरूको वस्ती रहेको छ । माछा मारेर र डुंगा चलाएर जीविका चलाउने पुख्र्यौली पेशाका कारणले होला, माझी जातिको बसोबास कोशी किनारमा रहेको पाइन्छ । पुख्र्यौली पेशा जे भए तापनि शिक्षा, विकास, सञ्चारका प्रभावले माझीहरूले पनि आजकाल विभिन्न पेशा अंगालेको पाइन्छ । यो जातिको विवाह आफ्नै जातमा हुने गरेता पनि अन्य जात जस्तै दरै, दनुवार, कुमान, आदि जातिमा पनि गरेको पाइन्छ । यस जातिमा बच्चा (शिशु) जन्मे पछि शिशुको भाग्य लेख्नको लागि छैटौ दिनमा भावि आँउछ भन्ने विश्वास माझीहरू झाम्रे नाचेर रातभरि जागा बस्छन् । त्यस दिन दाजुभाइ र इष्टमित्रलाई बोलाई खानपान गर्ने चलन छ । बच्चा जन्मेको ३ दिनदेखि ७ दिनमा नामकरण (न्वारान) गर्ने गर्छन ।

यसरी नामकरण गर्दा बच्चा जन्मेको बार, ठाँउ र महिनालाई आधार बनाएर राखिने चलन भएता पनि हाल यो चलन विस्तारै हट्दैछ । छोराको ६ महिनामा र छोरीको ५ महिनामा अन्नप्राशन गर्ने चलन छ । छोराको ५, ७ वा ११ वर्षको छेवर (कपालको रौ फेदैदेखि फाल्ने प्रथा) गर्ने गर्छन् । छेवरमा मामाले वालकलाई गाउँको गोठमा दाम्लाले बाँधि एकमाना चामलको पिठोको सेलरोटी ख्वाई कपालको रौं फालिदिन्छ । माझीहरूको प्रमुख चाडपर्वहरूमा दशैं, तिहार, ठूली एकादशी, कोशीपूजा, वैशाख पूर्णिमा, धान्य पूर्णिमा, फागु पूर्णिमा, असारे पूजा, बिहीबारपूजा, साउने संक्रान्ति, माघे संक्रान्ति, चैते दशैं प्रमुख छन् । उनीहरूले विशेष रूपमा मनाउने पर्वहरूमा दशैं, तिहार, ठूली एकादशी, कोशीपूजा र सोह्रश्राद्ध हुन् ।

माझी जातिमा मानिसको मृत्यु भएमा खोला वा नदी किनारमा लगेर जलाउने÷गाड्ने गर्छन् । यो जातिकाले ११ दिनसम्म काजक्रिया गर्दछन् । मानिस मरेको ११ दिनमा ११ वटा चुला बनाई भोज खुवाउने र मृतकको सम्झनामा बर्खी गीत गाउ“छन् भने १२ दिनमा क्रिया बसेका ठाउँमा नै मृतकको नाउँमा थारो भैंसीको बलि दिई नाचगान गरी भोजभतेर गर्ने चलन छ । यसरी माझीहरू मृतकको काजक्रिया सम्पन्न गर्दछन् ।

उनीहरू चौथो दिन केरा भुटेर खाने, छैटौ“ दिन घोत मिसाउने चलन छ । (राजऋषि कंडेलको T.U.M.A ‘रामेछाप जिल्ला चिसापानी गा.वि.स.का माझी जातिको सांस्कृतिक पक्षः एक अध्ययन’ बाट साभार)


धर्म, संस्कृति, जाति र भाषा 
यस गाविसका प्रमुख जातिहरूमा बाहुन, क्षेत्री, नेवार, सार्की, माझी, मगर, दमाई आदि हुन् । यिनीहरूमध्ये बाहुन–क्षेत्री २२.४ प्रतिशत, नेवार ३४.८ प्रतिशत, माझी १५.५ प्रतिशत, सार्की ९.८ प्रतिशत, मगर ६.७ प्रतिशत रहेका छन् भने कामी, घर्ती, दमाई र अन्य गरेर ८.८ प्रतिशत रहेका छन् । 
यस गाविसमा बसोबास गर्ने मगर, नेवार र माझीले आफ्नो भाषा बोल्छन् भने यिनीहरूको सम्पर्कभाषा नेपाली हो । बाँकी सम्पूर्ण जातिहरू नेपाली भाषा बोल्छन् । यस गाविसका मानिसहरू परम्पराअनुसार हिन्दुधर्म मान्छन् । हिन्दुधर्म माने पनि अरू धर्मप्रति पनि उत्तिकै श्रद्धा राख्छन् । जनैपूर्णिमा, गाईजात्रा, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, दशैं र तिहारलगायत भत्तेरेदेवी पूजा आदि सामूहिक र जातीय परम्परा कायम रहेको भए तापनि एक जातिको संस्कृतिले अर्को जातिलाई हानि–नोक्सानी हुने काम भने कसैले गर्दैनन् । एक–आपसमा सहयोगको भावना सबैमा पाइन्छ ।

चिसापानी जनकल्याण समाजका सदस्य 

स्रोत 
चिसापानी दर्पण 

बुढिखोरिया सामुदायिक वन र चिसापानीका सामुदायिक वनः एक परिचय -विश्व श्रेष्ठ

चिसापानी बुढि खोरिया बन उपभोक्ता समूहको दोस्रो बार्षिक आमसभामा  मिति २०४७ श्रावण महिना को फोटो हो । 

विश्व  श्रेष्ठ
चिसापानी–६

परिचयः
जिल्लाको सदरमुकाम मन्थलीबाट उत्तर–पश्चिमतर्फ करिव ४ किलोमिटरको दूरीमा अवस्थित चिसापानी गा.वि.स. रहेको छ । गाविसमा विभिन्न एनजीओ छन् । तीमध्ये सामुदायिक वनहरूलाई प्रमुखरूपमा लिन सकिन्छ । सामुदायिक वनको नाम लिनुपर्दा बुढिखोरिया सामुदायिक वन कार्यालयको नाम उल्लेख्य रूपमा लिनुपर्दछ । यो समूहले गाविसभित्रका र छिमेकी गाविसहरूका अन्य वनहरूलाई नेपाल स्विस सामुदायिक वन परियोजनासँग सम्बन्ध गाँसी सामुदायिक वन गठन र परिमार्जनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो ।

ऐतिहासिक पृष्ठभूमिः
राणा शासनकालमा वन क्षेत्रलाई गाउँका तालुकदारहरूमा जिम्मा लगाउने र उनीहरूको निगरानीमा वनको संरक्षण एवं संवद्र्धन गर्ने प्रचलन थियो । सोही क्रममा बुढिखोरिया वन पनि स्थानीय तालुकदार स्व. श्री तेजमान श्रेष्ठ र स्व. श्री तुईसिं श्रेष्ठको निगरानीमा बुढिखोरियाको संरक्षण भएको र उहाँहरूको वनप्रति औधी माया र ममताको कारण नै आजको बुढिखोरिया घना भएको कुरा स्थानीय बूढापाकाबाट सुन्न पाइन्छ । समयको बदलिंदो क्रममा नीति–नियमहरूको पनि फेरबदल भइरहन्छ । यसै क्रममा तालुकदारहरूबाट जब वनलाई सरकारीकरण गरियो, यो समयमा वनको प्राकृतिक सम्पदा बृहत् रूपमा नष्ट भएको देखिन्छ । दिनदिनै वन उजाड हुँदै गएपछि केही व्यक्तिहरू चिन्तित हुन थाले । वन संरक्षणमा सक्रिय भएका केही व्यक्तिबाट गाउँलेहरूको आम भेला बोलाई वनको संरक्षण गर्नुपर्छ, यसैगरी वन दिनदिनै नाश हुँदै गएमा हाम्रा भावी सन्ततिले वन भनेको के हो भन्ने कुरा थाहा पाउन चित्रावलोकन गर्नु मात्र पर्नेछ भन्ने विषयमा विस्तृत छलफल गरेपछि २०४८ सालदेखि अनौपचारिक तवरबाट गाउ“लेहरूको सक्रियतामा वनको संरक्षण हुन थाल्यो ।

वर्तमान अवस्थाः
२०५२ साल असार ३२ गते बुढिखोरिया, करमडाँडा सामुदायिक वनको विधिवत् न्वारन भयो । जिल्ला वन कार्यालय रामेछाप र नेपाल–स्विस सामुदायिक परियोजनाको पूर्ण सहयोगमा सो मितिदेखि बुढिखोरियालाई स्थानीय उपभोक्तामा संरक्षण, संवद्र्धन र उपभोगका लागि हस्तान्तरण गरियो । स्थानीय वयोवृद्ध समाजसेवी श्री गणेशदास श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको चयन गरिएको थियो । कार्यसमितिको सक्रिय भूमिकाबाट बिस्तार–बिस्तार प्राकृतिक स्रोतमा वृद्धि हुंदै घना जंगलको रूपमा परिवर्तन हुंदै गयो । हाल श्री युवराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बुढिखोरियाको जम्मा क्षेत्रफल ८४.५ हेक्टर छ भने उपभोक्ता घरधुरी संख्या १४२ छ । यस सामुदायिक वनको हरेक क्रियाकलाप र गतिविधिमा सम्पूर्ण उपभोक्ताहरू सक्रियरूपमा क्रियाशील छन् ।

बुढिखोरिया सामुदायिक वनले सफलतापूर्वक प्रगतितर्फ उन्मुख हुन सक्नुको कारणः 
सफलताको उच्च शिखरमा पुग्न हरेक गतिविधि र क्रियाकलापहरू सकारात्मक ढंगबाट अगाडि बढ्न सक्नुपर्दछ । हरेक सदस्यमा अपनत्वको भावना विकसित हुनुपर्दछ । आज बुढिखोरिया आफ्नो सफलताको शिखरमा पुग्न निम्न कारणबाट सम्भव भएको होः निर्णय प्रक्रियामा सबै तह, जाति, वर्ग, भौगोलिक क्षेत्र र लिङ्कका मानिसहरूको सक्रिय सहभागिता भई उनीहरूको आवाजलाई महत्व दिई कार्यान्वयन हुनु । निर्णयको पालना तथा प्रभावकारी ढंगबाट कार्यान्वयन हुनु । वन पैदावार वस्तुहरू न्यायोचित ढंगबाट वितरण हुनु, पारदर्शिताबाट सम्पूर्ण उपभोक्तामा सन्तुष्टि हुनु ।

समूहको आर्थिक पाटो (लेखा अभिलेख) पारदर्शी तवरमा राखी नवगठित कार्यसमितिलाई समयमै बरबुझारथ गर्नु । संस्थाको योजना, कार्ययोजना र वार्षिक कार्ययोजना एवं निर्णय पुस्तिकामा स्पष्ट रूपमा व्यवस्था हुन सक्नु, आदि ।

सावीक चिसापानी गाविसभित्रका विभिन्न सामुदायिक वनहरू

यस गाविसभित्र सामुदायिक वन संख्या ९ र कबुलियत वन संख्या १ गरी कुल संख्या १० छ । ती वनहरू यसप्रकार छन्ः
क . बुढिखोरिया करमडाँडा सामुदायिक वन
ख . घडी छाप सामुदायिक वन
ग. काभे्र दारेगौंडा सामुदायिक वन
घ. आम्पानी ठूलो भीर सामुदायिक वन
ङ . सालघारी सामुदायिक वन
च. सल्लेरी सामुदायिक वन
छ. बर्चले सामुदायिक वन
ज. देउराली पाखा सामुदायिक वन
झ. शिकारी थान सामुदायिक वन
ञ. कालीदेवी पाखा कबुलियत वन

सम्पूर्ण सामुदायिक वनहरूको निर्णय प्रक्रिया, सक्रियता आदि कार्यहरू ज्यादै सकारात्मक छन् । त्यसकारण वन पैदावार वस्तुहरूको उत्पादन र वनको क्षेत्र निकै राम्रोदेखिन्छ । आगामी दिनहरूमा पनि सम्पूर्ण समूहको सक्रियता यथावत् रहेमा यस गाविसको वन क्षेत्रको भविष्य उज्ज्वल देखिन्छ ।

माथीको चिसापानी बुढि खोरिया बन उपभोक्ता समूहको दोस्रो बार्षिक आमसभामा  मिति २०४७ श्रावण महिना को फोटो हो । 

विश्व  श्रेष्ठ
चिसापानी–६

Wednesday, December 25, 2013

Board Member 2070-2072


Chisapani Public Welfare Society has been elected new board member for year 2070-2072 are as follows.

  1. Chairman - Mr. Prakash Kumar Shrestha
  2. Vice-Chairman - Mr. Rajendra Shrestha
  3. Secretory - Mr. Rabindra Kumar Shrestha
  4. Vice- Secretory - Mr. Raj Kumar Shretha 
  5. Treasurer - Mr. Paban Kumar Shrestha
  6. Member - Mr. Raj Kumar Shrestha
  7. Member - Mr. Arjun Kumar Shrestha
  8. Member- Mrs. Prabha Kumari Shrestha
  9. Member - Mr. Dipendra Kumar Shrestha
Thank you

Wednesday, November 27, 2013

Photo Gallery - Testimonial


Testimonial :
appriciation letter from Blood donars association

2. Thank you Letter from Chisapani Village Water Supply Project Taking care committee for contributing NRs. 125,000 for sustanable and development of water supply of Chisapani.

Tuesday, November 12, 2013

तपाइ के सोच्नुहुन्छ -तिर्थ राज श्रेष्ठ

तिर्थ राज श्रेष्ठ

मिती २०७० भाद्र ८ गते शनिबार को दिन चिसापानी जनकल्यान समाज ले आफ्नो १८ औं वार्षिक साधारण सभा मनायो | साथै आगामी २ बर्ष को लागि नयाँ कार्य समिती को चएन पनि गर्यो,यदी समय ले कुनै बेइमानी गरेन भने २ बर्ष पछी समाज ले दुई दशक पुर गरेको उत्सब मनाउने जीम्मेवारि पनि एही कार्यसमिती ले पाउने छ| नयाँ कार्य समिती मा निर्बचित हुनुभएका सम्पूर्ण कार्यसमिती सदस्य हरु मा बधाई तथा शुभकामना ब्यक्त गर्दछु | तर समाज को एक सकृय सदस्ये को हैसियत ले भनु पर्दा कार्यसमिती ले भौतिक रुप मा त पूर्णता पएको छ तर ब्यभारिक रुप मा पूर्णता पाउन सकेको देखिन्न, भाबनात्मक एकता हुन नसकेको कुर कार्यसमिती को नामावोली बाट स्पस्ट हुन्छ, जुन कुरा बिगत मा पनि देखिएको थियो|आगमी दिन मा सस्था क सम्पूर्ण सदस्य हरुलाई भाबनात्माक रुप मा एकै ठाउँ मा ल्याउने जीम्मेवारि कार्यसमिती कै हुनेछ जुन बिगत केही बर्ष देखी कुनै पनि कार्य समिती ले पुरा गर्न सकेको देखिदैन |

समाज ले आफ्नो १८ औं बर्षगाँठ मनाउँदा सस्थापक अधछ्य प्रकाश कुमार श्रेष्ठ लाई सर्बसम्मत रुपमा पुन अधछ्य पद मा चयन गरेर १८ बर्ष अगाडि कै सम्झना गराइदिएको छ, यस् बाट उंहा को जीम्मेवारि अझै बढेको देखिन्छ ,साथै बिगत १८ बर्ष यता गरिएको काम को मुल्याङ्कन,त्यसले चिसापानी बासी मा छोडेको सकरात्मक् तथा नकरात्मक प्रभाव लाई गहिरो अध्ययन गरेर आगामी दिन मा सस्था ले गर्नु पर्ने कार्ययोजना तर्जुमा गर्नु उन्हाको प्रमुख दाइत्वो रहने छ| संस्था को एक शुभचिन्तक भएको नाता ले समाज ले आगामी दिन मा निर्बाह गर्नु पर्ने केही महत्वोपूर्ण भूमिका र चिसापानी बासी मा दिर्घकालिन प्रभाव पार्न सक्ने केही योजना हरु को बारेमा लेख्नु आफ्नो कर्तब्ये ठानेको छु, जुन कुरा बिगतमा म कार्यसमिती मा हुँदा र नहुँदा जुनसुकै बेलामा पनि मैले ब्यक्तिगत रुप मा धेरै पल्ट उठाएको छु, अझै पनि मेरो नैतीक तथा भौतिक सहयोग रहिरहने प्रतिबद्दता ब्यक्त गर्दछु |

संस्था जन्मनु आँफैन मा ठुलो कुरो हैन , अहिले सामाजिक संस्था जन्मने होद चलिरहदा चिसापानी को सम्पूर्ण सस्था हरु भन्दा आफुलाई प्रिथक रुप मा उभ्याएर सबै संस्था हरु को नेत्रित्वोदायी भूमिका निर्बाह गर्नु जनकल्यान को उदेश्य हुनुपर्नेछ | एस्को लागि समाज का सम्पूर्ण सदस्य हरु लाई एक्बद्ध गर्नु पर्ने जरुरी देखिन्छ|

चिसापानी का सबै समस्या हरु लाई गहिरिएर हेर्दा,, शिक्षा र स्वस्थ को बिकास मा धेरै नै पछाडि परेको महसुश हुन्छ, सामाजिक बिकास का हरेक कुरा हरु प्रत्यछ रुप मा शिक्षा सँग जोडीएको हुन्छ, बिगत लामो समए देखी को शैछिक नतिजा को अध्ययन गर्ने हो भने यो कुरा स्पस्ट हुन्छ| अब्यबस्थीत शैशिक बातावरण, योग्य शिक्षक को कमी,भौतिक पूर्वधार को कमी, भिबिन्न कारण हरु ले गर्दा आज अधिकान्श बाल्बालिका हरु अन्य छिमेकी बिध्ह्यालय तिर आकर्शित भाईरहेको कुरा सत्य हो, साथै हामी हाम्रो उमेर का सबै जसो ब्यक्ती हरु गुणस्तरीय शिक्षा को कमी को करण अरु सँग प्रतिस्पर्धा गर्न सकिरहेक छैनौ, एदी हाम्रा भाईबहिनी हरु ले आगामी दिन मा अरु सबै सँग प्रतिस्पर्धा मा उत्रिउन भन्ने चाहन राख्ने हो भने, जनकल्यान समाज ले अब को केही बर्ष लाई शैछिक बिकास बर्षको रुपमा मनाउन ढिलो गर्नु हुन्न, हाम्रा बाल्बालिक लाई गुणस्तरीय शिक्षा प्रदान गर्न समाज ले जस्तो सुकै पाइला चाल्न र कठिनाई मोल्न तयार हुनु पर्ने देखिन्छ, त्यस्को लागि मैले केही प्रस्ताव हरु निबर्तमान कार्यसमिती सामु पनि राखेको थिए,, त्यस्लाई अझै पनि पूर्णत दिन सकिन्छ,, यो एउटा एस्तो कार्यक्रम हुनेछ जस्ले समाज लाई अरु भन्दा प्रिथक भूमिका मा उभ्याउन र समाज लाई दिर्घकलिन तथा सकरात्मक् प्रभाव छोड्न सफल रहनेछ .

हाम्रो छिमेकी गाउँहरुको तुलनामा चिसापानी गाबिस सान्स्कृतिक रुप मा धेरै नै अगाडि छ,जुन हाम्रो लागि गौरब को बिषय हो| यो भन्दा अगाडि पनि मैले आन्तरिक पर्यटन को कुरा धेरै पटक उठाएको थियें, आन्तरिक पर्यटन को बिकास को लागि सान्स्कृतिक जगेर्ना गर्नु अती महत्वपूर्ण हुन्छ, तेसैले चिसापानी बासीहरु बिच भाबनात्मक एकता ल्याएर हाम्रो संस्कृतीको बिकास तथा प्रबर्धन गर्नु अत्यन्त जरुरी भाईसकेको छ, एस्को अगुवाइ पनि जनकल्यान समाज ले गर्नु पर्ने देखिन्छ, जसरी बिगत मा गरिएको थियो तर ति प्रयास हरु दिर्घकालिन प्रभाव छाड्न सफल हुने  का थिएनन, त्यसैले पूर्व योजना बनएर तेसै अनुसार को प्रबर्धान गर्न जरुरी देखिन्छ, यस्बारे समाज ले सम्बन्धीत क्षेत्र का ब्यक्ती हरु सँग बसेर ब्रिहत छलफल गर्न जरुरी देखिन्छ |

चिसापानी बाट राजधानी भित्रिएर आफ्नो भबिश्येको खोजी गर्ने सयोउँ युबा हरु दिन्दिनै निराश हुन थालेका छन उनिहरु समाज र आफुले पाएको शिक्षा प्रती गर्ब हैन घ्रिना महसुश गर्न थालेको देखिन्छ समाज प्रती आफ्नो कर्तब्य बाट टाढा भागीरहेको छ, कारण स्पस्ट छ, आफ्नो लछ्य को पहिचान गर्न नसक्नु,दशौ बर्ष राजधानी मा बसेर पनि दैनिक गुजारा चलाऊन मुस्किल हुनु, हाम्रो निएती जस्तै छ, कोही कसै बाट सन्तुष्ट  छैनन| यि र यस्तै अनेकौँ कारण हाम्रो युवा साथी हरु गलत बाटो मा नलागुन भनेर बेरोजगार युवा साथी हरुलाई समेटेर के गरेर निराशा कम गर्न सकिन्छ एदी कसैले कुनै योजना बनएको छ भने ति योजना हरुलाई कसरी मुर्त रुप दिन सकिन्छ त्यस्को लाई अबश्यक पर्ने नैतीक, भौतिक, तथा आर्थिक के कस्तो सहयोग गर्न सकिन्छ, भन्ने बारे छलफल चलाऊनु, र युवा हरु लाई आत्नानीर्भर बनाउन शिप मुलक तलिम्म को ब्य्बस्था गर्नु साथै समाज प्रती उत्तरदयित्वो बनाउनु पनि जनकल्यान को आगामी कार्ययोजना अन्तर्गत पर्नु पर्नेछ|


साथै यस्ता धेरै कुरा छन जुन जनकल्यान ले प्राथमिकअत मा राखेर गर्नु पर्ने देखिन्छ, अब पनि जनकल्यन ले मासिक भेला मात्र गराएर मासिक बाचात मात्र उठाउने र तेही बाचत भएको रकम मा आँखा लगाउने हरु को जामात लाई मात्र बढाउदै लने हो भने, जनकल्यान ले आफ्नो नाम परिवर्तन गर्नु पर्ने आबश्येक् देख्छु|

संस्था को एक जिम्मेवार सद्श्य को हैशियत ले, बर्तमान कार्यसमिती ले प्रमुख प्राथमिकतमा राख्नु पर्ने तीन प्रमुख बिषय हरु। शिक्षा, स्वास्थ्य , र सस्क्रिती ( आन्तरिक पर्यटन )को बिकास हुनुपर्नेछ। यस्को लागि मैले: के गर्ने ? कसरी गर्ने ? कँहा गर्ने? कस- कस सँग सहकार्य गर्ने? कसरी श्रोत हरु जुटाउने? कसरी योजना कार्यन्वोयन गर्ने ? भन्ने बारे एक अध्ययन गरेर एउटा योजना तयार परेको छु एदी कार्यसमिती ले अध्ययन गर्न चाहन्छ भने म प्रस्तुत गर्नेछु। 

प्रस्तुतकर्ता

तिर्थ राज श्रेष्ठ
(भुतपुर्ब सचिब)
12-Sep-2013